अर्घाखाँची जिससको सबै पदमा एमालेका उम्मेदवार निर्विरोध
जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।
मतदातामध्ये दुई तिहाइ एमालेको भएपछि गठबन्धनबाट उम्मेदवारी दर्तासमेत भएन । यससँगै अब जिल्ला समन्वय समितिको प्रमुख एमाले नेता जीवनारायण कोइराला भएका छन् । पाणिनी–५ मैदान निवासी कोइराला एमाले प्रदेश कमिटी सदस्यसमेत हुन् । उपप्रमुख भने नेत्री लक्ष्मी शर्मा ज्ञवाली भएकी छिन् । छत्रदेव–१ चिदीकी उनी पूर्वमाओवादी नेत्रीसमेत हुन् ।
यसैगरी, समन्वय समितिको खु्ल्ला सदस्यमा नेताहरू पाणिनी–७ का कमल घिमिरे, भूमिकास्थान–८ का झुपलाल खनाल र सन्धिखर्क–७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् । महिला सदस्यमा टुल्कादेवी आचार्य (मालारानी–४), डालकुमारी भण्डारी (शितगंगा–१०) र सीता आचार्य (मालारानी–१) निर्वाचित भएकी छिन् । दलित र अल्पसंख्यक सदस्यमा मीना बिसी परियार चयन भएकी छिन् ।
जिल्लाका छ वटा पालिकामध्ये तीन वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुई वटा पालिकामा उपप्रमुख जितेसँगै एमालेको जित निश्चित भएको हो । समन्वय समिति गठनका लागि आवश्यक १२ मतमध्ये एमालेको ८, नेपाली कांग्रेसको २, राष्ट्रिय जनमोर्चाको १ र नेकपा (माओवादी केन्द्र)को १ मत रहेको छ ।
अल्पमतमा पर्ने भएपछि गठबन्धनले कुनै पदमा उम्मेदवारी नदिएको हो । एमालेले भने २०५४ सालको विरासत फिर्ता लिएको छ । तर, निर्वाचन कार्यालय अर्घाखाँचीले भने निर्विरोध निर्वाचित भएकाहरूको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन