रुकुमपूर्व जिल्ला समन्वय समितिको नेतृत्वमा माओवादी
यहाँ जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित भएको छ । नौ सदस्यीय जिल्ला समन्वय समितिमा नौ जनाको मात्र उम्मेदवारी परेको थियो । आज दाबी/विरोध, उजुरी पनि शून्य भएपछि यस जिल्लामा समन्वय समिति निर्विरोध भएको हो ।
जिल्ला समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्विरोध भएका छन् । श्रेष्ठ नेकपा (माओवादी केन्द्र)बाट हुन् भने केसी नेकपा (एकीकृत समाजवादी) बाट रहेका । प्रमुखसहित अन्य सात सदस्य सबै माओवादी केन्द्रबाट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यहरूमा महिला सदस्यमा सिस्ने–७ बाट बिन्दु रावल, भूमे–३ बाट विष्णु रोका, पुथाउत्तरगङ्गा गाउँपालिका–१० बाट प्रतिमा पुन, दलित तथा अल्पसङ्ख्यकमा पुथाउत्तरगङ्गा–८ बाट कल्पनाकुमारी सुनार, अन्य सदस्यमा पुथा–३ बाट बलकर्म बुढा, भूमे–७ बाट महिमान रोका र सिस्ने–३ बाट लालजीत बुढा रहेका छन् । रुकुमपूर्वमा तीन पालिका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानको दुई उमेर समूहको महिला फुटबल टोली नेपालमा
-
अश्विनको संन्यासबारे कोहलीको भावुक पोस्ट
-
किन असफल भयो टीआरसी सिफारिस समिति ? अब के हुन्छ ?
-
सुनको गहनामा जर्तीको नाममा रकम असुल्ने कार्य बन्द गर्न आग्रह
-
वरिष्ठ जनरलको हत्या मामिलामा रुसमा उज्वेकिस्तानी नागरिक पक्राउ
-
कुलमान भन्छन्– प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको हो, लोडसेडिङ हुँदैन