बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनुशासन आयोगद्वारा भुसाललाई कारबाहीको सिफारिस

शनिबार, २१ जेठ २०७९, २१ : ०८
शनिबार, २१ जेठ २०७९

नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारबाहीका लागि सिफारिस गरेको छ । आयोगका एक सदस्यका अनुसार भुसालले पार्टी अध्यक्षका विरुद्धमा अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरेको हो ।

भुसालले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टीले स्थानीय चुनावमा बेहोरेको हारको नैतिक जिम्मेवारी लिँदै केपी शर्मा ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने सुझाएका थिए । ती सदस्य रातोपाटीसँग भने, 'गत १८ गते आयोगको सचिवालय बैठक बसेको थियो । सुरुमा वहाँलाई स्पष्टीकरण सोध्ने भनिएको थियो । तर पछि कारबाहीका लागि केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय भयो ।'

यता आयोगका अध्यक्ष केशव बडालले रातोपाटीसँग पत्र लेखेको पुष्टि गर्दै गर्दै भने, 'आएको उजुरीको आधारमा वा सार्वजनिक ढंगले व्यक्त गरेका र आयोगले देखेको विषयहरुको बारेमा आयोगले अध्ययन गर्छ र केन्द्रीय कमिटीलाई पत्र लेखेर पठाउँछ । पार्टीको सदस्य रहुञ्जेल कसैले पनि पार्टीको दर्शन, मूल्य, मान्यता, सिद्धान्त र महाधिवेशन लाइनको विरुद्धमा बोल्न पाइँदैन ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप