गुजरामा गैरदलितको उम्मेदवारी रद्द, निर्वाचन स्थगित
कार्यपालिकाको दलित र अल्पसंख्यक कोटामा गैरदलित र गैरअल्पसङ्ख्यकको उम्मेदवारी दर्ता गराएको भन्दै रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी लगत्तै एक जनाको उम्मेदवारी रद्द गरिएको छ । चौतर्फी आलोचना पछि ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले आरिफ मियाँ दर्जी दलित नभएको निर्णय गरे लगत्तै निर्वाचन कार्यालय गुजराले उसको उम्मेदवारी रद्द गरेको हो ।
निर्वाचन अधिकृत बद्री नारायण शर्माले दलितको कोटामा गैरदलित दर्जी, असगर अलि अन्सारी र अल्पसङ्ख्यकमा विजय साह बनियाको नाम कार्यपालिका सदस्यमा उम्मेदवारी दर्ता गरेको भन्दै एमाले कार्यकर्ताले शनिबार निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । कार्यपालिका सदस्यमा गैरदलित र गैरअल्पसङ्ख्यकको उम्मेदवारी दर्ता गराएको कारण उनीहरूको उम्मेदवारी रद्द गर्नुपर्ने माग सहित तालाबन्दी गरिएको एमाले मेयर प्रत्याशी शेख एकरामुल हकले बताए ।
गैरदलितलाई दलित सिफारिस गर्ने ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख र गैरअल्पसङ्ख्यकलाई अल्पसङ्ख्यक सिफारिस गर्ने गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाई कारबाहीको दायरामा नल्याएसम्म आन्दोलन जारी रहने हकले बताए । विवाद बढ्दै गएपछि शनिबार शर्माले एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने