मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

शनिबार, २१ जेठ २०७९, २० : ३४
शनिबार, २१ जेठ २०७९

पृथ्वीराजमार्ग सडकखण्ड अन्तरगत व्यास नगरपालिका–१२ देउरालीमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ निवासी २१ वर्षीय स्कुटर चालक ईश्वर क्षेत्री रहेका छन् । टिपरको ठक्करबाट सख्त घाइते क्षेत्रीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग१क ५५३३ नंको टिपरले विपरीत दिशामा गुडिरहेको ग १५ प १४८४ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त घटना भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटना पश्चात स्थानीयवासीले पृथ्वीराजमार्ग सडकखण्ड अवरुद्ध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप