आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चुनावबारे प्रधानमन्त्री देउवाले मागे अध्यक्ष ठाकुरसँग सुझाव

शनिबार, २१ जेठ २०७९, २३ : २०
शनिबार, २१ जेठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँग प्रदेश र संघीय चुनावको बारेमा सुझाव मागेका छन् । प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई बालुवाटार बोलाएर सो सुझाव मागेको लोसपाका नेता मनिष मिश्रले रातोपाटीलाई बताए । संघ र प्रदेशको चुनाव कसरी गर्ने, कहिले गर्ने लगायतका विषयमा प्रधानमन्त्री देउवाले सुझाव माग्दा अध्यक्ष ठाकुरले कानुन र विधि अनुसार अघि बढ्न सुझाव दिएको उनको भनाइ छ । 

यता बालुवाटार स्रोतका अनुसार संघ र प्रदेशको चुनावमा सहकार्य गर्ने समेत प्रधानमन्त्री देउवाले प्रस्ताव राखेका थिए । सो प्रस्तावप्रति अध्यक्ष ठाकुरले आफू सकारात्मक रहेपनि पार्टीको जारी बैठकमा छलफल गरेर मात्र ठोस जवाफ दिने बताएको स्रोतको भनाइ छ ।

भेटमा अध्यक्ष ठाकुरले लोसपाले मधेसको मुद्दा बारे उठाउँदै आएको विभिन्न मागको बारेमा पनि प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री देउवाले मागप्रति आफू सकारात्मक रहेको र त्यस विषयमा छलफल गरेर अगाडि बढ्न सकिने कुरा राखेको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप