बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राताे मच्छिन्द्रनाथको भोटो देखाइयो, तस्बिरमा हेर्नुहोस्

शनिबार, २१ जेठ २०७९, १८ : १७
शनिबार, २१ जेठ २०७९

ललितपुरको जावलाखेलमा शनिबार राताे मच्छिन्द्रनाथको भोटो देखाइएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा राताे मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निकालेका थिए । राष्ट्रपति विद्यादेवि भण्डारी, सभामुख अग्नि सापकोटा लाययतको उपस्थितिमा भोटो देखाइएको थियो ।

भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । बुङमती मन्दिरमा ६ महिना राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ । हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पुर्‍याउने गरिन्छ । २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप