भक्तपुरलाई दुई अर्ब ४३ करोड २९ लाख बजेट विनियोजन
सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भक्तपुर जिल्लालाई कूल रु दुई अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ ।
सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत रु ६६ करोड ७२ लाख पाउने भएको हो । भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, ससर्त अनुदानतर्फ ४२ करोड २३ लाख, विशेष अनुदान दुई करोड र समपूरकतर्फ चार करोड गरी रु ६६ करोड ७२ लाख बजेट पाएको हो । जसमा चालूतर्फ रु ४९ करोड ७९ लाख र पूँजीगत रु १६ करोड ९३ लाख पाएको हो ।
जिल्लाको पुरानो नगरका रुपमा रहेको भक्तपुर नगरले समानीकरणतर्फ रु २३ करोड ६९ लाख, सशर्त तर्फ रु ३६ करोड ५० लाख, विशेष अनुदान रु तीन करोड र रु समपूरकतर्फ ५० लाख बजेट प्राप्त गरेको छ । यस नपाले चालूतर्फ रु ५९ करोड ३४ लाख र पुँजीगततर्फ रु चार करोड ३५ लाख बजेट पाएको हो ।
त्यस्तै सूर्यविनायक नगरले समानीकरणतर्फ रु २२ करोड ७७ लाख र सशर्त तर्फ रु ४० करोड आठ लाख पाएको छ । जसमा चालूतर्फ रु ४८ करोड ७५ लाख र पूँजीगततर्फ रु १४ करोड १० लाख अन्तरसरकारी बजेट पाएको हो । यस नपाले कूल रु ६२ करोड ८५ लाख बजेट पाएको छ ।
त्यस्तै मध्यपुरथिमि नगरले भने यस पटक जिल्लामा चार नपामध्ये सबैभन्दा कम सङ्घीय सरकारको बजेट पाउने छ । यस नगरले अन्तरसरकारी हस्तान्तरणमार्फत रु ५० करोड तीन लाख मात्रै बजेट पाएको हो । मध्यपुरथिमि नपाले समानीकरणतर्फ रु २४ करोड १९ लाख, सशर्त तर्फ रु २५ करोड १४ लाख र समपूरकमा रु ७० लाख बजेट पाएको छ । जसमा चालूतर्फ रु ४६ करोड १९ लाख र पुँजीगततर्फ रु तीन करोड ८४ लाख रुपैयाँ रहेको छ ।
सङ्घीय सरकारले भक्तपुर र चाँगुनारायण नगरलाई विशेष अनुदान दिए पनि सूर्यविनायक र मध्यपुरथिमि नगरले भने विशेष अनुदान पाउन सकेनन् । भक्तपुर नपाले तीन करोड र चाँगुनारायण नपाले दुई करोड विशेष अनुदान पाएका छन् ।
सूर्यविनायक नगरले यस वर्ष समपूरक बजेटसमेत पाएन । जिल्लाका भक्तपुर, मध्यपुरथिमि र चाँगुनारायण नपाले समपूरक बजेट पाएका छन् । जसमा चाँगुनारायण नपाले सबैभन्दा बढी रु चार करोड समपूरक बजेट पाएको छ भने मध्यपुरथिमि नपाले ७० लाख र भक्तपुरले ५० लाख रुपैयाँ समपूरक बजेट पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा घाइते भएकाहरूको पशुपति चौंलागाईं अस्पतालमा उपचार हुँदै
-
कर्णाली : २९ दिनमा १ अर्ब ४२ करोड भन्दा बढी बजेट खर्च
-
खेलकुदमा अप्रत्याशित निधन र खेल निकायको उदासीनता
-
सार्वजनिक खरिद अनुगमन कार्यालयको पत्रपछि गौतमबुद्ध रङ्गशाला निर्माणको ठेक्का रद्द
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री