शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल म्युजिक एन्ड फेशन अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र

शनिबार, २१ जेठ २०७९, १७ : ४८
शनिबार, २१ जेठ २०७९

तेस्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनमा परेका कलाकार तथा प्राविधिकहरूलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरूलाई शुक्रबार काठमाडौँमा एक समारोहबीच यो अवार्ड मनोनयन  प्रमाणपत्र प्रदान गरिएको हो । 

तेस्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२मा विभिन्न ४० विधामा मनोनयन पत्र प्रदान गरियो । यस्तै नेपाल सर्ट फिल्म अवार्डको विभिन्न एक दर्जन विधाका मनोनयनलाई पनि कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो । विलक्षण क्रियशन प्रा.लि.को सहकार्यमा स्टार वान इन्टरटेनमेन्टद्वारा आयोजित कार्यक्रममा गायक यम बराल, निर्देशक एवम् अभिनेता नवल खड्का, गजित बिष्ट, संगीतकार राजेन्द्र बजगाईं, निर्देशक लक्ष्मण सुवेदी, मेरो बिमाका सिईओ शँकर बहादुर घिमिरे, नायव महाप्रबन्धक सविन भट्टराई, सेल्स अफिसर सुमित्रा कोइराला, गीतकारहरू सुरेश वाग्ले, निलकन्ठ सुवेदी, पूर्व गृह उपसचिव प्रेम शर्मा रेग्मी, पत्रकार लक्ष्मण सुवेदी लगायतले सम्बन्धी कलाकारलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप