बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एक हजारको नक्कली नेपाली नोट सहित ३ जना पक्राउ

शनिबार, २१ जेठ २०७९, १६ : ४३
शनिबार, २१ जेठ २०७९

कैलालीको धनगढी उपमहानगरपालिका-१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने ३५ वर्षीया सुमित्रा राना, सोही उपमहानगरपालिका-८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र सोही महानगरपालिका-२ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ घर भएकी २७ वर्षीया रितु चौधरी रहेका छन् ।

उक्त स्थानमा सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी पक्राउ गरेको थियो । थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप