शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता

शनिबार, २१ जेठ २०७९, १० : ००
शनिबार, २१ जेठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच बालुवाटारमा भेटवार्ता जारी छ । पाँच दलीय गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने चहलपहल सुरु भएका बेला प्रधानमन्त्री देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका हुन् । कात्तिक–मंसिरमा हुने संघ र प्रदेशको चुनावमा सहकार्य गर्ने बारेमा प्रधानमन्त्री देउवा र ठाकुरबीच छलफल भैरहेको बताइएको छ ।

आफूहरुले विगतदेखि राख्दै आएको नागरिकताको समस्या, संविधान संशोधन, मुद्दा फिर्तालगायतका माग सम्बोधन गरे मात्र सत्ता पक्षसँग सहकार्य हुन सक्ने धारणा राख्ने कुरा पार्टीलाई जानकारी गराएर अध्यक्ष ठाकुर बालुवाटार गएका हुन् ।  

आजै लोसपा पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक राखिएको थियो । सो बैठकमा आफू प्रधानमन्त्री देउवासँग भेट्न गइरहेको र त्यहाँ लोसपाले विगतदेखि उठाउँदै आएका मागका विषयमा कुरा राख्ने जानकारी नेताहरुलाई ठाकुरले गराएका थिए । पार्टीको मागका विषयमा देउवा र ठाकुरबीच छलफल हुने सो पार्टीका कार्यकारिणी सदस्य अकवाल अहमदले बताए । उनले भने, ‘प्रधानमन्त्री देउवासँग हाम्रो पार्टीको अध्यक्ष महन्थ ठाकुरजीले विगतदेखि उठाउँदै आएका नागरिकता र संविधान संशोधनका लगायतका माग किन पुरा भएन त्यसलाई छिटो पुरा गराउन पहल गर्न आग्रह गर्नुभएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप