सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी

शनिबार, २१ जेठ २०७९, १५ : ४२
शनिबार, २१ जेठ २०७९

रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ । कार्यपालिका सदस्यको चुनावमा गैरदलित र गैर अल्पसंख्यकको नाममा दर्ता भएको  उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको हो ।
नगर कार्यपालिका सदस्यका लागि आयोगले  दलित, अल्पसंख्यक महिलालाई उम्मेदवारी दिन पाउने नियम बनाएको थियो । उक्त नियम विपरित निर्वाचन अधिकृतले अन्यको उम्मेदवारी दर्ता गरेपछि त्यसलाई रद्द गर्नुपर्ने मागसहित एमाले र एकीकृत समाजवादीका कार्यकर्ताहरूले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

निर्वाचन आयोगले दलितको स्थानमा गैरदलित आरिफ मियां दर्जी, असगर अलि अन्सारी र अल्पसंख्यकमा विजय साह बनियाको नाम  कार्यपालिका सदस्यको उम्मेदवारी का लागि दर्ता गरेपछि शुक्रबारदेखि  विवाद सुरु भएको थियो । अधिकृत  कोइरालाले निर्वाचन अधिकृत बद्रीप्रसाद कोइरालाले विभिन्न प्रभावमा परेर निर्वाचन आयोगको निर्देशन विपरित उम्मेदवारी दर्ता गराएको आरोप एमाले र समाजवादीले लगाएको छ । ती पार्टीका कार्यकर्ताले निर्वाचन प्रक्रिया तत्काल  रोक्का गर्न भन्दै लिखित उजुरी दर्ता गराएका छन् ।

आयोगले कानुन विपरित दलित सिफारिस गराई आँखामा छारो हाल्ने काम गरिरहेको स्थानीय  एमाले नेता रामबाबु चौधरीले बताए । मेयरमा विजयी भएका जसपाका सन्तलाल चौधरीको इसारामा जसपाकै कार्यपालिका उमेदवारको रूपमा आरिफ मियां दर्जी र विजय साह बनियाको उम्मेद्बारी दर्ता गरिएको एमाले नेता शेख एकरामुल हकको आरोप छ ।

जिल्लाको १८ स्थानीयतहमा भैरहेको कार्यपालिका निर्वाचनमा दलित तथा अल्पसंख्यकको सूचीमा रहेकालाई मात्र उमेदवार बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप