शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय सरकारले मूल्यवृद्धि र कालोबजारीलाई बेवास्ता गरे : उपभोक्ता अधिकारकर्मी

शनिबार, २१ जेठ २०७९, १५ : १४
शनिबार, २१ जेठ २०७९

उपभोक्ता अधिकारकर्मीले भर्खरै निर्वाचित स्थानीय तहका प्रमुखहरुले मूल्य वृद्धिलाई बेवास्ता गरेको आरोप लगाएका छन् । नेपाली उपभोक्ता संरक्षण महासंघले विज्ञप्ति निकाल्दै स्थानीय तहले मूल्यवृद्धि र कालोबजारीलाई बेवास्ता गरेको उल्लेख गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकारको निर्वाचन भर्खर सम्पन्न भएको छ । स्थानीय सरकारले विभिन्न निर्णय पनि गरिरहेका छन् । तर, उपभोक्तासँग सरोकार राख्ने बजार अनुगमन, कालोबजारी तथा भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा भने ध्यान पुर्याएको देखिँदैन ।’

‘उपभोक्ता तथा आफ्ना पालिकामा रहने नागरिकहरूसँग प्रत्यक्ष र दैनिक जीवनमा सरोकार राख्ने बजारमा हुने गरेको अस्वभाविक मूल्यवृद्धि एवं ठगी नियन्त्रणको विषयमा कहि कुनै निर्णय भएको पाइँदैन,’ महासंघले भनेको छ । उपभोक्ताको हक, हित, संरक्षण र अधिकारको विषयमा स्थानीय सरकार गम्भिर बन्न आवश्यक रहेको महासंघको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप