बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

वित्तीय साक्षरता प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंकको  र्‍याली

शनिबार, २१ जेठ २०७९, १५ : ०६
शनिबार, २१ जेठ २०७९

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरताको प्रवर्द्धनका लागि र्‍यालीको आयोजना गरेको छ । शनिबार चितवनको नारायणगढ बजारको पुलचोकदेखि भरतपुर हाइटसम्म आयोजना गरिएको उक्त र्‍यालीमा सहभागीहरूले वित्तीय साक्षरतामूलक नारा लेखिएका ब्यानर तथा प्लेकार्ड  लिएका थिए ।

बचत गरौँ भन्ने मूल नाराका साथ आयोजित उक्त र्‍यालीले सर्वसाधारणलाई वित्तीय कारोबारसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै वित्तीय कारोबारमा  उनीहरूको पहुँच अभिवृद्धि गर्ने बैंकले विश्वास लिएको छ । र्‍यालीमा बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, उच्च व्यवस्थापन तथा कर्मचारी गरी करिब ५०० जनाको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप