सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार– १४५ अंक घटेर २०७८ अंकमा आइपुग्यो

शनिबार, २१ जेठ २०७९, १४ : ४०
शनिबार, २१ जेठ २०७९

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४५ अंकको गिरावट आएको छ । २२ सय २३ अंकबाट कारोबार सुरू भएको नेप्से परिसूचक साताभरमा करिब ६ प्रतिशतको गिरावटसँगै २०७८ अंकमा आइपुगेको हो । यससँगै यस साता नेप्सेमा सेन्सेटिभ इण्डेक्स ६.२० प्रतिशत र फ्लोट इन्डेक्स ६.१९ प्रतिशतले खुम्चिएको छ ।

साताको ५ कारोबार दिन नै घटेको नेप्सेमा झण्डै १५० अंकको गिरावट देखिएको थियो । नेप्से परिसूचक उच्च अंकले घटे पनि यो साता सेयर कारोबार रकम भने बढेको छ । साताको ५ कारोबार दिनमा ६ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

जुन, गत साता ५ अर्ब ७० करोड रुपैयाँ आसपास मात्रै कारोबार भएको थियो । परिसूचक झण्डै डेढ सय अंकले घट्दा बजार पुँजीकरणमा २ खर्बभन्दा बढीको गिरावट आएको छ । गत सातासम्म ३१ खर्ब ६६ अर्ब रुपैयाँ पूँजीकरण रहेको बजार यो साता २ खर्बले घटेसँगै २९ अर्ब ५९ करोड रुपैयाँमा आइपुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप