शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाहलाई न्याय माग्दै राजधानीमा प्रदर्शन, तस्बिहरु

शनिबार, २१ जेठ २०७९, १४ : ३९
शनिबार, २१ जेठ २०७९

बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा प्रदर्शन गरिएको छ ।  हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले पल शाहको न्यायको लागि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा हालै नेकपा एमाले प्रवेश गरेका पुण्य गौतमको पनि सहभागिता रहेको थियो । शाहको रिहाइको माग गर्दै शुक्रबार पनि राजधानीमा प्रदर्शन गरिएको थियो ।

 धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो । तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा शाह प्रहरी हिरासतमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप