सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

म्यारियटले औपचारिक रूपमै छाड्यो रुस

शनिबार, २१ जेठ २०७९, १४ : ३७
शनिबार, २१ जेठ २०७९

अन्तर्राष्ट्रिय चेन होटल म्यारियटले रुस छाडेको छ । रुसमा स्थापना भएको २५ वर्षपछि म्यारियटले आधिकारिक रूपमै रुस छाडेको हो । कम्पनीले रुसको राजधानी मस्कोमा रहेको आफ्नो कार्यालय बन्द गरेको छ ।

रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला गरेपछि बहुराष्ट्रिय कम्पनीहरूले रुससँगको सम्बन्ध निरन्तर तोड्दै आएका छन् । यसैक्रममा म्यारियट होटलले पनि रुस छाडेको घोषणा गरेको हो । यसक्रममा म्यारियटले भनेको छ, ‘पश्चिमाले रुसमाथि लगाएको प्रतिबन्धका कारण होटल सञ्चालन असम्भव छ ।’

रुसको भूमिमा म्यारियटको २२ वटा होटल सञ्चालनरत थिए । यी सबै होटल बन्द गर्ने घोषणा गर्दै म्यायरियटले भनेको छ, ‘युरोपियन युनियन, युनाइटेड किंगडम र अमेरिकाको प्रतिबन्धका बाबजुत रुसमा होटल सञ्चालन गर्न सकिएन ।’ म्यारियट अघि म्याकडोनाल्ड र स्टारबक्स जस्ता चेन होटल÷रेष्टुरेन्टले पनि रुस छाडिसकेका छन् ।

खासगरी, छिमेकी युक्रनेमाथि सैन्य हमला गरेपछि पश्चिमा मुलुकहरू रुसलाई आर्थिकरूपमा एक्ल्याउन चाहन्छन् । जसको प्रभावस्वरूप पश्चिमा ब्राण्डहरूले मस्कोसँगको दूरी बढाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप