आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की

शनिबार, २१ जेठ २०७९, १३ : १६
शनिबार, २१ जेठ २०७९

नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन् । साथै, सरकारले यसलाई बढावा दिँदै आएको पनि उनले बताए । राजधानीमा आयोजित दोस्रो चरणको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समेट्ने मन्त्री कार्कीको भनाइ थियो । यसका साथै यस कार्यक्रमले डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनले बताए । मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छ । यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधिभर मात्र नभएर सधैं भरी कायम गर्नुपर्छ,’ उनले भने । 

यस्तै, सुचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएको बताउँदै उनले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए । यस्तै, दूर दराजका क्षेत्रमा समेत सूचना प्रविधि पहुँच पुर्याउन सरकारले सहयोग गर्ने बताए । यस्तै, सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शूल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप