घाँटीमा जिउँदो माछा अड्किएपछि आपतकालीन शल्यक्रिया
शनिबार, २१ जेठ २०७९, १३ : १०
थाइल्याण्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो । थाइल्याण्डको फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको मुखभित्र पसेको थाई सञ्चार माध्यमहरूले जनाएका छन् ।
माछा घाँटीभित्र पसेपछि उनी निसासिएका थिए । श्वास फेर्न नसकेपछि घाँटी समाएर अत्तालिएका उनलाई स्थानीयले फथलुङ प्रादेशिक अस्पतालमा पु¥याएका थिए । एक घन्टा लामो शल्यक्रियापछि रगतले भरिएको माछालाई उनको घाँटीबाट बाहिर निकालिएको थियो ।
‘मुखभित्र माछा पस्ने घटना निकै दुर्लभ हो । यस्तो केस मैले पहिले कहिल्यै देखेको थिइनँ,’ डा. सर्मश्री पाथोमपानिच्रतले भने, ‘हाम्रा डाक्टरहरूले हाम्रो बिरामीको अंगमा हुने क्षतिलाई कम गर्न कडा मेहनत गरे। उनीहरूले बिरामीलाई सफलतापूर्वक बचाएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘यसरी बनाउन सकिन्छ कर्णालीलाई आत्मनिर्भर प्रदेश’
-
‘कर्णाली प्रदेशको राजस्वको दायरा निकै साँघुरो भयो’
-
सरस्वतीको पूजाको अवसरमा विद्यालयमा विद्यार्थीहरूको पूजा आराधना, तस्बिरहरू
-
गण्डकीको हिउँदे अधिवेशन आजदेखि, के छन् कार्यसूची ?
-
वसन्तपुरमा वसन्त श्रवण, तस्बिरहरू
-
‘पुँजीवादले जलवायु संकट समाधान गर्न सक्दैन’