आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावको मिति घोषणा नहुँदै धमाधम उम्मेदवारी घोषणा

शनिबार, २१ जेठ २०७९, १३ : ०२
शनिबार, २१ जेठ २०७९

सरकारले संघ तथा प्रदेश चुनावको मिति घोषणा नगर्दै विभिन्न ठाउँबाट उम्मेदवारी घोषणा सुरु भएको छ । समाजिक अभियन्ता पुकार बमले काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिसभा सदस्यका लागि प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन् । त्यस्तै, मधेशका राजनीतिक विश्लेषक एवं लेखक श्रीमननारायण मिश्रले पनि चुनाव लड्ने घोषणा गरेका छन् ।

लेखक मिश्रले रौतहटको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका हुन् । यद्यपि उनले कुन पार्टीबाट चुनाव लड्ने भनेर घोषणा भने गरेका छैनन् । लामो समय मधेश राजनीतिमा काम गरेका लेखक मिश्र पछिल्लो समय राजनीतिबाट अलग भएर लेख तथा अनुसन्धानको काममा सक्रिय थिए ।

उनी पछिल्लो समय ह्रदयेश त्रिपाठीले गठन गरेको जनता प्रगतिशील पार्टीमा आवद्ध छन् । मिश्र सो पार्टीको केन्द्रीय सदस्य हुन् । तर त्यही पार्टीबाट चुनाव लड्ने कि अन्य कुनै पार्टी वा स्वतन्त्रबाट लड्ने भन्ने कुरा भने उनले खुलाएका छैनन् । 

उनी नेपाल सद्भावना पार्टीमार्फत लामो समय राजनीतिमा सक्रिय थिए । त्यो पार्टी विभाजित हुन थालेपछि उनी राजनीतिबाटै निस्कृय भएका थिए । त्यस्तै, पुकार बम समाजिक अभियन्ता हुन् । उनी काठमाडौँ केन्द्रीत विभिन्न अभियानमा सक्रिय छन् । उनी विवेकशील नेपाली दलका संस्थापनमध्ये एक हुन् । तर उनी पछिल्लो समय राजनीतिभन्दा बढी समाजिक काममा सक्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप