फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सम्पन्न
मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजीटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ सम्पन्न भएको छ । ब्राण्डवर्थ प्रालिले आयोजना गरेको एक दिने कन्क्लेभ सम्पन्न भएको हो ।
कन्क्लेभलाई नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गदैै मन्त्री कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताए । उनले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने बताए । यसका साथै यस कार्यक्रमले डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनको भनाइ छ ।
यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजिटाइजेशनको विकास उत्साहजनक देखिएको बताए । विशेषगरी कोरोनाकालपछि नेपालले डिजिटल पेमेन्टमा फड्को मारेको उनले बताए । ‘१÷२ वर्षअघि यस्ता कार्यक्रमहरुमा नेपालको अर्थतन्त्र कहिले डिजिटलाइज्ड हुन्छ भनेर प्रश्न आउँथ्यो,’ उनले भने, ‘तर, आज त्यस्तो प्रश्न आउने अवस्था छैन ।’
यद्यपि, डिजिटलाइजेशनमा गर्नुपर्ने कामहरु धरै रहेको बताउँदै उनले त्यसका लागि राष्ट्र बैंक सकरात्मक रहेको बताए । कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोषले कि–नोट स्पिच प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले नेपालले पछिल्ला दिनमा डिजिटल भुक्तानीमा ठुलो फड्को मारेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग