सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको पक्षमा प्रदर्शन

शनिबार, २१ जेठ २०७९, १२ : ४९
शनिबार, २१ जेठ २०७९

निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।  प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका हुन ।

विना विकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरुले ऐक्यवद्धतास्वरुप काठमाडौंमा शान्तिपूर्ण र्‍यालीसहितको प्रदर्शन सुरु गरिएको स्थानीय नवराज सञ्जेलले बताए । उनले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जा सहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयहरुलाई विस्थापित गराउने षडयन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति जनाउँदै आएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सो बस्तीको विकल्पमा लालपूर्जासहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरुको मुख्य माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप