शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जेष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने शंखरापुर नगरपालिकाको निर्णय

शनिबार, २१ जेठ २०७९, १२ : ४२
शनिबार, २१ जेठ २०७९

काठमाडौंको शंखरापुर नगरपालिकाको पहिलो कार्यपालिका बैठकले जेष्ठ नागरिक र गर्भवती महिलाको स्वास्थ्य उपचारमा सहायता प्रदान गर्ने निर्णय गरेको छ । ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक र गर्भवती महिलाहरूका लागि अस्पतालबाट जान आउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।

यस्तै बैठकले नगरपालिका भित्र भइरहेको प्राकृतिक दोहनलाई रोक्ने निर्णय पनि गरेको छ । शुक्रबार बसेको बैठकले नगरपालिका भित्रका प्राकृतिक स्रोतहरु ढुङ्गा, बालुवा, गिट्टी र माटोको अवैध उत्खनन रोक्ने निर्णय गरेको 
बैठकले नगरपालिकाको प्रवक्तामा राधाकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।  उनी राप्रपाबाट निर्वाचित वडा नम्बर ६ का अध्यक्ष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप