बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ग्यास सिलिन्डर पड्किँदा बालिकाको मृत्यु

शनिबार, २१ जेठ २०७९, १२ : ३२
शनिबार, २१ जेठ २०७९

खाना पकाउने  ग्यास सिलिन्डर पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।

सिलिन्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप