बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

एनएमबीले दियो वित्तीय साक्षरता तालिम

शनिबार, २१ जेठ २०७९, १२ : २७
शनिबार, २१ जेठ २०७९

एनएमबी बैङ्कद्वारा विभिन्न कारणले जोखिममा परेका महिलाहरूलाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैह्र सरकारी संस्था ‘छोरी’मा आबद्ध दिदीबहिनीहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा छोरी संस्थाका ५५ जना महिलाको उपस्थिति थियो ।

उक्त कार्यक्रममा एनएमबी बैंककातर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नबिनपन्थि र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति रहेको थियो । विगतका वर्षहरूदेखि नै महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस बैंकले महिला सशक्तिकरणको लागि समयमा बिभिन्न समूहहरु लक्षीत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप