बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

विन्ध्यावासिनी हाइड्रोपावरको आईपीओमा कति पर्‍यो आवेदन ?

शनिबार, २१ जेठ २०७९, १२ : २३
शनिबार, २१ जेठ २०७९

विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओमा) पहिलो दिन ३ लाखभन्दा बढी आवेदकले आवेदन गरेका छन् । आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार पहिलो दिन नै ३ लाख ३६ हजार ७०८ जनाले आवेदन गरेका हुन् ।

कम्पनीले हिजो शुक्रबारदेखि सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता आईपीओ बिक्री खुलाएको थियो । जसमा ३ लाख ३६ हजार ७०८ जना आवेदकले ४१ करोड ६१ लाख ३२ हजार रुपैयाँ बराबरको आईपीओ माग गर्दै आवेदन भरेका हुन् ।

आईपीओमा यही जेठ २५ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले कम्तीमा १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन भर्न पाउने बिक्री प्रबन्धकले जनाएको छ । यो कम्पनीको सेयर आवेदकमध्ये १ लाख ३६ हजार ५०० जनाले गोलाप्रथाबाट सेयर पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप