शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यू–१९ विश्वकप छनोट : यूएईले दोस्रो ओभरमै पूरा गर्‍यो नेपालले दिएको लक्ष्य

शनिबार, २१ जेठ २०७९, १२ : १६
शनिबार, २१ जेठ २०७९

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत यूएई विरुद्धको खेलमा नेपाल १० विकेटले पराजित भएको छ ।  मलेसियाको यूकेएम ओभलमा नेपालले दिएको ९ रनको लक्ष्य पछ्याएको यूएईले १ ओभर १ बलमा पूरा गर्यो । 

यूएईका लागि थ्रेथा सितास ४ रन बनाउँदा लाभन्ने केनियाले ३ रन बनाइन् ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८ रन बनाएको थियो ।   नेपालका लागि स्नेहा महराले ३ रन बनाइन, त्यस्तै मनिसा रानाले २ नर बनाउँदा किरण कुवर, अन्जली विश्वकर्मा र अनु कडायतले समान १–१ रन बनाइन् । 

बलिङतर्फ यूएईका लागि माहिका गौरलले पाँच विकेट लिइन् । त्यस्तै इन्दुजा नजाकुमारले तीन विकेट हात पारिन् ।  नेपालले दोस्रो खेलमा युएईको सामना गर्दैछ ।  नेपालले शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले हराएको थियो ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् । यस्तै नेपालले भुटान विरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार मलेसिया विरुद्ध खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप