नुवाकोट सेवा समाज दोहाको नयाँ कार्यसमिति चयन
नुवाकोट सेवा समाज दोहाको नयाँ कार्यसमिति निर्वाचित भएको छ । जेठ २० गते सम्पन्न समाजको सातौँ अधिवेशनले दिपेन्द्र घले लामाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । बाँकी ३ जना पछि मनोनित हुनेछन् ।
अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा उपाध्यक्षमा हिरे तामाङ, उपाध्यक्षद्वय, नन्दराम सुवेदी र दिनेश राज अधिकारी निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा मीनकुमारी तामाङ निर्वाचित भएकी छन् । त्यस्तै महासचिवमा विकास तामाङ र सचिवद्वयमा पुर्णमान तामाङ र गजेन्द्र चालिसे निर्वाचित भएका छन् । त्यसैगरी महिला सचिवमा राधिका घले अधिकारी, कोषाध्यक्षमा हरिराम रिमाल निर्वाचित भएका छन् ।
सदस्यहरूमा मिरा तामाङ, विवााराम तामाङ, शम्भु जम्कट्टेल, सन्तबहादुर तामाङ, वीरबहादुर तामाङ, मानबहादुर तामाङ, उज्ज्वल अधिकारी, सुरेश वाइबा, नवीन पुलामीमगर, सन्दिप वाइबा तामाङ र फुलबहादुर तामाङ निर्वाचित भएका छन् । हरिराम खड्काको संयोजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार