यू–१९ विश्वकप छनोट : नेपाल ८ रनमै अलआउट

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ । मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८ रन बनायो ।
नेपालका लागि स्नेहा महराले ३ रन बनाइन, त्यस्तै मनिषा रानाले २ नर बनाउँदा किरण कुँवर, अञ्जली विश्वकर्मा र अनु कडायतले समान १–१ रन बनाइन् । बलिङतर्फ यूएईका लागि माहिका गौरलले पाँच विकेट लिइन । त्यस्तै इन्दुजा नजाकुमारले तीन विकेट हात पार्दा समिका धनकान्दाले एक विकेट लिइन् ।
नेपालले दोस्रो खेलमा युएईको सामना गर्दैछ । नेपालले शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले हराएको थियो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् ।
यस्तै नेपालले भुटान विरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार मलेसिया विरुद्ध खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री ओली
-
नीति तथा कार्यक्रमबारे ओली : निशानामा तीन पक्ष, नयाँ कार्यक्रमबारे प्रस्ट्याउने प्रयास
-
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया अनिश्चित
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने
-
बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
-
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की