आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एक्स्पो आयोजना गर्दै चेम्बर, भारत, पाकिस्तान र बंगलादेशका उद्योगीको सहभागिता रहने

शनिबार, २१ जेठ २०७९, ११ : ३३
शनिबार, २१ जेठ २०७९

नेपाल चेम्बर अफ कमर्शले वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहकार्यमा ‘नेपाल चेम्बर एक्स्पो, २०२२’ आयोजना गर्ने भएको छ । चेम्बरले यही असार २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा उक्त एक्स्पो आयोजना गर्ने भएको हो ।

चेम्बरले निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागिता लगायतका क्रियाकलाप गर्ने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागेको जनाएको छ । पछिल्ला ४ संस्करणहरूको सफलतापूर्वक आयोजना गरी सकेपछि नेपाल चेम्बर अफ कमर्सले मेलाको पाँचौ संस्करणमा व्यापारिक अन्तक्रिया, आयात–निर्यातको सूचना आदान÷प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ ।

मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिता हुनेछ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनलाई नजिकबाट नेपाली व्यवसायीले नियाल्न पाउने बताइएको छ । गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ ।

निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहलकदमी समेत गर्ने उद्देश्य राखेको छ । यस वर्ष बंगलादेश पार्टनर कन्ट्री रहेको छ । यसैगरी बंगलादेशको वाणिज्य मन्त्रालयको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने छन् ।

एक्स्पोमा अटोमोबाइल, विद्युतीय सामाग्री, फ्लोरिङ एण्ड फर्निसिङ, होम एप्लायन्स, फेसन, गार्मेन्ट, ह्यान्डिक्रफ्ट र जुत्ताचप्पल लगायतका वस्तु प्रदर्शनीमा राखिनेछ । मेलामा १५० वटा स्टलहरू रहने छन् । जसमा १०० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहनेछ । नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप