कश्मीर : भिडन्तमा हिजबुल कमाण्डर मारिए, तीन सैनिक घाइते
जम्मू कश्मीर प्रहरीले अनन्तनागको कपरानमा सुरक्षा बल र चरमपन्थीबीचको भिडन्तमा हिजबुल मुजाहिद्दीनका एक कमाण्डर मारिएका छन् । यस भिडन्तमा तीन सैनिक र एक नागरिक पनि घाइते भएका छन्। भिडन्तमा मारिएका कमाण्डर निसार खाँडे रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट हतियार समेत बरामद गरेको दाबी गरेको छ ।
अर्को घटनामा, शुक्रवार राति शोपियानको एल्गार क्षेत्रमा ग्रेनेड विस्फोटमा दुई गैर-कश्मीरी कामदार घाइते भएका छन्। दुवै कामदारलाई सामान्य चोट लागेको र उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, ‘आतंकवादीहरूले एल्गारमा हात ग्रेनेड हानेका छन्, जसमा दुई गैर-कश्मीरी कामदारहरू सामान्य घाइते भएका छन्। क्षेत्रलाई घेराबन्दी गरिएको छ।"
पछिल्लो २४ घण्टामा गैर-कश्मीरी मजदुरमाथि यो दोस्रो आक्रमण हो। बिहीबार राति बडगाममा दुई गैर-कश्मीरी कामदारमाथि गोली प्रहार गरिएको थियो। उक्त गोलीबारीमा बिहारका एक मजदुरको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार