मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

गीतः मायाको कहानी

शनिबार, २१ जेठ २०७९, ०९ : ००
शनिबार, २१ जेठ २०७९

थाहा थियो तिमीलाई जस्तै हुन्छ मलाई पनि
तिमीबिना कहाँ बन्छ मायाको कहानी ।
तृष्णाको त सागरै हुन्छ, गन्छु भन्ने हुन्न
दुई चार तृष्णा पुगे धन्न, अरू आफैँ छुन्न
वारिपारि वर्षौं बित्यो खबरसम्म नजानी
तिमीबिना कहाँ बन्छ मायाको कहानी ।

आऊ भेटौँ सार पोखौैँ भन्न मन लागेथ्यो धेरै
कठोर बोली सुन्ने तागत छैन मनमा धेरै
न बोलायौ तिमीले न दियौ भरोसा काहीँ
तिमी बिना कहाँ बन्छ मायाको कहानी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप