जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कलङ्क हो : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । उनले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलङ्कका रुपमा चित्रण पनि गरे ।
भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समतामूलक समाज निर्माणको सार्थक प्रयास हुँदै आएको पनि बताए ।
देश ‘छुवाछुत मुक्त राष्ट्र’ घोषणा भएको १६औँ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देशमार्फत देउवाले हरेक नागरिकलाई न्याय समानतासहितको मर्यादित जीवनको लागि शुभकामना पनि दिएका छन् ।
सरकारले २१ जेठ २०६३ मा देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । तर, छुवाछुत अन्त्य समूल रूपमा भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा
-
समाजवाद निर्माणका लागि बलियो कम्युनिस्ट शक्तिको खाँचो
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
जब कुलदीप यादवले कप्तान ऋषभ पन्तलाई ‘डीआरएस’ का लागि बाध्य पारे
-
कपनबाट पेस्तोल लगायतका हतियारसहित गुण्डागर्दीमा संलग्न लिम्बु पक्राउ