अझै पनि छुवाछूतका घटना भइरहनु दुर्भाग्यपूर्ण : पूर्वप्रधानमन्त्री खनाल

person explore access_timeजेठ २१, २०७९ chat_bubble_outline0

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले  दलित समुदायमाथि हुने सबै प्रकारका जातीय विभेद तथा छुवाछुत जन्य हिंसाको अन्त्य गर्न आवश्यक नीति, कार्ययोजना सहितको ठोस पहल गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका सन्दर्भमा एक सन्देश जारी गर्दै नेता खनालले छुवाछूतमुक्त राष्ट्र घोषणालाई अपेक्षाकृत रुपमा कार्यान्वयन गर्न नसकिएको बताए । 


'छुवाछुत मुक्त घोषणा गरिसकिएको अवस्थामा पनि छुवाछुत सम्बन्धि छिटपुट घटना भइरहनु दुर्भाग्यपूर्ण हो । दलित समुदाय माथि हुने सबै प्रकारका जातीय विभेद तथा छुवाछुत जन्य हिंसाको अन्त्य गर्न आवश्यक नीति, कार्ययोजना सहितको ठोस पहल गर्नका लागि सम्बन्धित निकाय सबैमा म गम्भीर ध्यानाकर्षण गराउँदछु', जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।



नेता खनालले सम्पूर्ण पार्टी नेता कार्यकर्तालाई पनि  विभेदका घटनाका विरुद्धमा सशक्त रुपमा उभिन र व्यावहारिक रुपमा नेपाललाई सवै किसिमका विभेदबाट मुक्त गरी सभ्य र समतामुलक समाज निर्माण गर्न आग्रह गरेका छन् ।




 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।