सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

फ्रान्स डेनमार्कसँग स्तब्ध

शनिबार, २१ जेठ २०७९, ०६ : ०७
शनिबार, २१ जेठ २०७९

साबिक विजेता फ्रान्स यूईएफए नेसन्स लिगको आफ्नो पहिलो खेलमा डेनमार्कसँग स्तब्ध भएको छ । डेनमार्कले गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

स्टाडे फ्रान्समा खेलिएको खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । खेलको ५१ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, डेनमार्कका सब्सिटिट्युट आन्द्रेयस कोर्निलियसले दुई गोल गोल गर्दै टोलीलाई जीत दिलाए । उनले खेलको ६८ र ८८ औँ मिनेटमा गोल गरेका थिए । 

खेलमा फ्रान्सले किलियान एम्बाप्पे र राफायल भरानलाई घाइते हुँदै गुमाएको थियो । समूहको अर्को खेलमा अस्ट्रियाले क्रोएसियालाई ३ ० गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप