शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा जलविद्युत कम्पनीको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

शुक्रबार, २० जेठ २०७९, २२ : ४६
शुक्रबार, २० जेठ २०७९

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहीबार सो कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धका नियुक्त गर्ने निर्णय गरेको हो ।

सम्झौता कार्यक्रममा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक भूषण गुरागाईं तथा प्रभु क्यापिटलका लिमिटेडका तर्फबाट चिफ बिजनेस अफिसर बासु थपलियाको पनि उपस्थिति रहेको थियो । 

कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक श्री भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए ।

कम्पनीले आफ्नो जारी पूँजी रु. १ अर्ब १२ करोडमध्ये स्थानीयका लागि १० प्रतिशत वापत रु. ११ लाख २० हजार कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि रु. ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप