तिनाउ गाउँपालिकामा निशुल्क एम्बुलेन्स सेवा
शुक्रबार, २० जेठ २०७९, २२ : ०२

पाल्पाको तिनाउ गाउँ कार्यपालिकाको बैठकले निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । बुटवल, भैरहवा, तानसेन र पाल्पासम्म उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय भएको अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।
उनले गर्भवती महिलाहरुलाई पनि तानसेन, पाल्पा, बुटवल र भैरहवासम्म एम्बुलेन्स सेवा निःशुल्क दिने कार्यपालिका बैठकले निर्णय गरेको बताए। त्यसका लागि आवश्यक कार्यविधि बनाइ नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी