बैतडी समन्वय समितिमा गठबन्धन हुने, एमालेसँग ८ र गठबन्धनसँग ११ भोट
बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदैछ । निर्वाचनका लागि दलहरू कसरतमा जुटेका छन् । जिल्लामा सत्ता गठबन्धनमा रहेका दलहरू पालिकाको चुनाव जस्तै पुनः गठबन्धन गरेर जाने देखिएका छन् भने नेकपा एमाले एक्लो रहने देखिएको छ ।
१० स्थानीय तहका २० भोट रहेको बैतडीमा ९ भोट नेपाली काँग्रेससँग छ भने २ भोट नेकपा माओवादी केन्द्रसँग छ । एमाले एक्लैसँग ८ भोट हुँदा स्वतन्त्रसँग एक भोट रहेको छ । स्वतन्त्रबाट डिलाशैनी गाउँपालिकामा अध्यक्ष बनेका सन्तोष प्रकाश जोशी भने यसअघि नेकपा एमाले बैतडी जिल्ला कमिटी सदस्यका साथै राष्ट्रिय युवा संघका प्रदेश कमिटी अध्यक्षसमेत थिए । पार्टीबाट राजीनामा दिएर चुनाव लडेका उनले अहिले एमालेलाई सहयोग गर्ने वा नगर्ने विषयमा मुख खोलेका छैनन् । तर, कार्यपालिकामा भने काँग्रेससँग मिलेर बनाएका छन् ।
यसरी काँग्रेस माओवादीको गठबन्धनले नै जिल्ला समन्वय समिति बनाउने देखिन्छ । गठबन्धनलाई स्वतन्त्रबाट जितेका अध्यक्षले साथ दिएमा एक सदस्य स्वतन्त्रलाई दिने गठबन्धन दलहरूको सहमति छ । गठबन्धनका तर्फबाट काँग्रेसका खगेन्द्रसिंह धामीलाई समन्वय समिति प्रमुख र माओवादीका दमन कुवरलाई उपप्रमुखका लागि अघि सारिएको छ ।
नेकपा एमालेले समेत मोहन थापालाई प्रमुख पदमा अघि सार्ने तयारी गरेको छ । तर, गठबन्धनसँग ११ मत रहेकोमा कुनै आश्चर्य नभएमा समन्वय समितिका लागि प्रष्ट बहुमत देखिन्छ । यता एमालेले २ मत मात्रै रहेको माओवादीलाई प्रमुख पद दिएर पनि गठबन्धन गर्न सक्ने कुरा सुनिन्छ तर उक्त कसरतमा एमाले कत्तिको सफल हुन्छ त्यो समयले बताउँछ । गठबन्धनले भने, ४ सदस्य काँग्रेस, २ माओवादी र १ स्वतन्त्रलाई दिने जनाएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल