शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार, २० जेठ २०७९, १९ : ३२
शुक्रबार, २० जेठ २०७९

मकवानपुरको हेटौंडामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ तिनताप्केमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्वरको कुखुरा बोक्ने बोलेरो जीप हेटौंडा–३ तिनताप्केमा अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा बोलेरो सवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ चौघडा बस्ने ३३ वर्षीय गोपाल दाहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, मृतक दाहालको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । यस्तै, सोही दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरुको सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । प्रहरीले उक्त घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप