सिन्धुलीको खुर्कोटमा यातायात कार्यालय स्थापना
बागमती प्रदेश सरकारले सिन्धुलीको खुर्कोटमा यातायात कार्यालय स्थापना गरेको छ । यातायात क्षेत्रको सेवालाई विस्तार गर्न र सेवा ग्राहिको सुविधाको लागि प्रदेश सरकारले खुर्कोटमा यातायात कार्यालयको स्थापना गरेर सेवा शुभारम्भ गरेको हो ।
प्रदेश सरकार अन्र्तगत श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री घनश्याम दाहालको पहलमा सिन्धुलीको गोलन्जोर गाँउपालिका वडा नम्बर–७ खुर्कोटमा यातायात व्यवस्था कार्यालयको उद्घाटन गरेका हुन् । मन्त्री दाहालसहित मन्त्रालयका सचिव नेत्र सुवेदीसहितको टिम आफै पुगेर ना १ ज ६२४७ नम्बरको टाटा सोमु जीपका चालक ओमबहादुर खत्रीलाई पटके बाटो इजाजत पत्र दिदै सेवा सुरु गरेका हुन् । सिन्धुलीसहित, रामेछाप, दोलखा, प्रदेश १ को ओखलढुगां, खोटागं, सोलोखुम्बु, भोजपुर र उदयपुरका स्थानीयहरुलाई लक्षित गरी सेवा ग्राहिको सहजता प्रदान गर्न कार्यालय स्थापना गरेको मन्त्रालयका सचिव सुवेदीले जानकारी दिए ।
कार्यालयको उद्घाटन गर्दै मन्त्री दाहालले सिन्धुलीको गोलन्जोर गाउँपलिकाको सहकार्यमा यातायात सेवा कार्यालयको स्थापना सहजरुपमा गर्न सफल भएको बताए । उनले आफ्नो कार्यकालमा चितवन, हेटौँडालाई स्तर बृद्धि गर्दै खुर्कोटमा पनि कार्यालय सुरु हुन एक महत्वपूर्ण उपलब्धीको भएको बताए ।
आगामी दिनमा सो कार्यालयबाट प्रवाह हुने सेवालाई स्तरीयता प्रदान गर्न आफू सक्रिय भूमिकामा रहने उनले बताए । उनले सो कार्यालयबाट यातायात सम्बन्धी सवारी, दर्ता नविकरण लाइसेन्स वितरण तथा नवीकरणको काम हुने भएकाले जनताको सहज रुपमा सेवा पाउनेमा विश्वास व्यक्त गरे । यातायातको क्षेत्रलाई सुधार गरि नमुना बनाउने अभियानमा आफू खरो रुपमा उत्रिएको बताउँदै मन्त्री दाहालले खुर्कोटबाट जनताको काममा ढिलासुस्ती नगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी