बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

प्रादेशिक पत्रकारिता पुरस्कारबाट चार पत्रकार पुरस्कृत

शुक्रबार, २० जेठ २०७९, १८ : ५९
शुक्रबार, २० जेठ २०७९

प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार सम्मान एवं पुरस्कृत भएका छन् । एक लाख रुपैयाँ राशिको पुरस्कारबाट उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा सुनसरी इटहरीका कृष्णविनोद लम्साल, धनकुटाका सञ्जय सन्तोषी राई, स्मीता निरौला र झापा बिर्तामोडका लिला बराल रहेका छन् । उनीहरुलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेलगायतले दोसल्ला, माला लगाएर सम्मान गरे ।

प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा २५ वर्षदेखि क्रियाशील पत्रकारहरूलाई पुरस्कृत गरेको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सत्ता स्वार्थ नभएको पत्रकारिताले मात्र साँचो अर्थमा दबाब दिन सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप