वीरगञ्ज महानगर : कार्यपालिका सदस्यमा काँग्रेस र जसपाको गठबन्धन विजयी

वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । शुक्रवार भएको निर्वाचनमा कार्यपालिकाका ८ सदस्यहरूमा जसपा र नेपाली काँग्रेसको गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन् ।
जसमध्ये जसपाका ४ जना र काँग्रेसबाट ४ जना सदस्यहरु निर्वाचित भएका हुन् । महानगरको कार्यपालिकाको दलित र अल्पसंख्यक सदस्यमा गठबन्धनमा काँग्रेसबाट कन्हैया प्रसाद, जसपाका खैरुद्धिन मियाँ, धोबी र निरन्जन प्रसाद सोनार निर्वाचित भएका छन् । ५ महिला सदस्यमा पनि गठबन्धनबाट काँग्रेसकी कनिका कौशीक, नितु कुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावती देवी राजपुतिन र रबुलसन खातुन विजयी भएका छन् ।
निर्वाचित कार्यपालिका सदस्यहरुलाई आजै शपथग्रहण गराउने कार्यक्रम रहेका महानगरका सूचना अधिकारी अरबिन्दलाल कर्णले जनाएका छन् । वैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा वीरगञ्ज महानगर प्रमुखमा गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार राजेशमान सिंह नेकपा एमाले उम्मेदवार विजय सरावगीसँग २२ हजार ५५५ मतान्तरले विजयी भएका थिए ।
३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा १३ वटा वडामा जसपा, ९ वटा वडामा काँग्रेस, ८ एमाले र २ वटा लोसपाका उम्मेदवार निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो
-
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, के भन्छ आयल निगम ?
-
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
-
सभामुखको रुलिङ : भारत र पाकिस्तानका नेपालीको आवश्यक सुरक्षा अपनाउनु
-
सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा