आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

१ करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

शुक्रबार, २० जेठ २०७९, १८ : १९
शुक्रबार, २० जेठ २०७९

बैंकिङ्ग कसुर मुद्दामा १ करोड रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका रामेश्वर चौलागाईं छन् । 

उच्च अदालत पाटनले २०७९ वैशाख ४ मा चौलागाईंलाई १ करोड जरिवाना र एक महिना कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि फरार चौलागाईंलाई भिमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप