मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्ने विधेयक पेस

शुक्रबार, २० जेठ २०७९, १७ : ४२
शुक्रबार, २० जेठ २०७९

संसदमा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री गोविन्द प्रसाद शर्मा कोइरालाले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ पेस गरेका हुन् । 

यसअघि शुक्रबार नै मन्त्री कोइरालाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गरेका हुन् । यसअघि शुक्रबार नै अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९  ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पेस गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप