बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयले निकाल्यो शनिबार सार्वजनिक बिदाको सूचना

शुक्रबार, २० जेठ २०७९, १७ : ३६
शुक्रबार, २० जेठ २०७९

गृह मन्त्रालयले शनिबार सार्वजनिक बिदाको सूचना निकालेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै शनिबार पनि सार्वजनिक बिदा दिइने सूचना निकालेको हो ।

सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन भोली (शनिबार) सार्वजनिक बिदा दिइएको जनाएको हो । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलबाट जावलाखेल पुगेको चौथो दिन मच्छिन्द्रनाथको भोटो राष्टपति विद्यादेवी भण्डारीले देखाउने परम्परा रहेको छ ।  सोअवसरमा देशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट साँस्कृतिक पर्वका रुपमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप