निर्वाचन आयोगले फेरि मतदाता दर्ता कार्यक्रम अघि बढाउने
निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यक्रमलाई अघि बढाउने भएको छ । अब बढीमा १ महिनासम्म नयाँ मतदाताको नाम दर्ता गर्न सकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए जुन दिन निर्वाचनको मिति तोकिन्छ त्यही दिनबाट दर्ता कार्यक्रम रोकिने आयोगले यसबारे छिट्टै निर्णय गरेर नाम दर्ता प्रक्रिया अघि बढाउने उनले बताए ।
उनले भने– ‘अहिले भर्खरै सकिएको स्थानीय तह निर्वाचनमा कतिपय मतदातालाई इच्छा हुँदा हुँदै पनि मतदाता नामावलीमा आफ्नो नाम नभएका कारणले गर्दा मतदान गर्न पाउनुभएन । उमेर पुगेकाहरूले मतदान गर्न पाउने अधिकारलाई सम्बोधन गर्नका लागि नाम दर्ता खोल्नुपर्ने स्थिति रहेको छ । त्यसकारण आयोगले नाम दर्ता खोल्ने योजना बनाएको छ ।’
निर्वाचनको मिति घोषणा भएको दिनदेखि नाम दर्ता गर्ने काम रोकेर मतदाता नामावली प्रशोधनको काम सुरु गर्ने र सो काम सहित समग्र निर्वाचनको तयारीको काम गर्न आयोगलाई १ सय २० दिन समय लाग्ने उनले बताए । २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष माथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु