आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा एमालेको बहुमत

शुक्रबार, २० जेठ २०७९, १७ : २३
शुक्रबार, २० जेठ २०७९

रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा नेकपा एमालेको बहुमत पुगेको छ ।  आज ५ जना महिला र ३ जना दलित तथा अल्पसङ्ख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा  सबै पदमा एमालेका उम्मेदवारहरू विजयी भएका हुन् ।

यससँगै नगर प्रमुख जितेको नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन अल्पमतमा परेको छ । निर्वाचनबाट एमालेका टेक बहादुर विश्वकर्मा, डोल बहादुर सार्की, सुरज बराल दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी बिक, मीरा क्षेत्री र सीता थारु निर्वाचित भएका निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप