मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

पिछडिएका वर्गको विकासका लागि छुट्टै आयोग गठन गर्नुपर्छ : नेता महर

शुक्रबार, २० जेठ २०७९, १७ : ०८
शुक्रबार, २० जेठ २०७९

नेपाली काँग्रेसका नेता नैनसिंह महरले पिछडिएका वर्गका लागि छुट्टै आयोग गठन गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित पिछडावर्गको राष्ट्रिय सम्मेलनमा महरले पिछडिएका वर्गको हकहित नभएसम्म देश विकास हुन नसक्ने बताएका हुन् ।

राजधानीमा आयोजित ५० लाख जनसंख्या रहेको पिछडावर्गको राष्ट्रिय सम्मेलन २०७९ कार्यक्रमका प्रमुख अतिथि रहेका महरले कुनै वर्ग जातिलाई पछाडि राखेर मुलुकमा समान र समग्र विकास हुन नसक्ने बताए । उनले नेपालमा अवैधानिकरूपमा समावेशी प्रणाली लागु गर्ने पहिलो पार्टी पनि कांग्रेस रहेको दाबी गरे ।

नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुखको अर्थ नै सबै वर्गको समान प्रकृतिको विकासको कल्पना नै भएको महरको भनाई थियो । नेविसंघको अध्यक्ष हुँदादेखि नै शिक्षा, स्वास्थ्य लगायत आधारभूत कुराहरूका लागि निःशुल्क गर्नुपर्ने माग जोडदार रुपमा आफूले उठाउँदै आएको उनको दाबी थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप