इशनाथमा एमाले–काँग्रेसबीच गठबन्धन, कार्यपालिका प्यानलै विजयी
शुक्रबार, २० जेठ २०७९, १७ : ०६
रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसबीच गठबन्धन गरेर कार्यपालिका सदस्यको निर्वाचन भएको छ । जसमा गठबन्धनको प्यानलै विजयी भएको छ । एमाले–काँग्रेसको गठबन्धनपछि भएको कार्यपालिका चुनावबाट आठ जना उम्मेदवार विजयी भएका हुन् । निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीका अनुसार कार्यपालिका सदस्यहरुमा नेपाली काँग्रेसका ५ जना र एमाले पार्टीका ३ जना निर्वाचित भएका छन् ।
कार्यपालिका सदस्यको जिम्मेवारी पाउने महिला सदस्यहरूमा रामकलि कनुइन,सुन्दरता देवी,खुसैदा खातुन,कमली देवी,समसुन नेसा रहेकी छन् । त्यस्तै दलित तथा अल्पसङ्ख्यकबाट लक्ष्मी नारायण राम, तेजीलाल साह, उपेन्द्र महरा निर्वाचित भएको निर्वाचन अधिकृत उप्रेतीले जानकारी गराए । गठबन्धनका कारण लोसपा र समाजवादीका उमेदवार पराजित हुन पुगे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत