चन्द्रागिरि डिजिटल युगमा : ‘क्यूआर कोड’ मार्फत राजस्व संकलन
चन्द्रागिरि नगरपालिकाले राजस्व संकलनका लागि अत्याधुनिक सूचना प्रणालीको उपयोग गर्न सुरुआत गरेको छ । यसका लागि उसले ‘क्यूआर कोड’ मार्फत पनि राजस्व संकलन प्रारम्भ गरेको छ ।
यससँगै यही जेठ महिनाभित्र नगरपालिका तथा वडाका राजस्वसम्बन्धी सम्पूर्ण सेवा डिजिटल वालेट, कनेक्ट आइपिएस लगायतका अनलाइन सेवामार्फत सुरु हुनेछ । नगर तथा वडाका सेवाग्राहीलाई एसएमएसमार्फत सुसूचित गर्ने कार्य पनि तत्कालै सुरु हुने नगरपालिकाले जनाएको छ । नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘क्यूआर कोड’ सेवाको शुभारम्भ गर्दै नगरपालिकाले निर्माण गरी हस्तान्तरणको चरणमा रहेको जिपिएस/जिआइएस प्रणालीको नगर प्रोफाइललाई यस अनलाइन सेवासँग जोडिने कार्य पनि यथाशीघ्र सम्पन्न हुने जानकारी दिए ।
उनले भने, “यसपश्चात् नगरवासीले सम्पूर्ण सेवा अनलाइनमार्फत घरमै बसी उपभोग गर्न सक्दछन् ।” आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख गरेअनुसार नगरपालिकामा प्रविधियुक्त सुशासन कायम गर्न यस किसिमको अनलाइन सेवाले अह्म् भूमिका हुने नगरप्रमुख गिरीले बताए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उनी दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा निर्वाचित भएका थिए । “उत्पादन रोजगार र बजारीकरण ः प्रविधि युक्त सुशासन’ भन्ने नारालाई उनले प्राथमिकता दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !